Logo

साहित्य

साधकमाथि सरकारी तरबार



नेपाली समाजले जीवितै हुँदा राष्ट्रिय विभूतिसरहको सम्मान दिएका दुई साधकको सरकारले तेजोबध गरेको छ । कुनै शैक्षिक संस्थाले दिएको मानार्थ विद्यावारिधिको सम्मानलाई हुलाक टिकटमा नाम अगाडि डाक्टर छापेर सरकारले उहाँहरुको अपमान गरेको हो । सरकारी निकायमा चाकरीबाजको पहुँच गति दर्विलो छ भन्ने यो अर्को उदाहरण हो । यसरी तेजोवध गरिएका राष्ट्रिय व्यक्तित्व हुन– राष्ट्रकवि माधवप्रसाद घिमिरे र बाङमय पुरुष सत्यमोहन जोशी । 

शताब्दी उमेर बाँचेका राष्ट्रकवि घिमिरे केही महिनाअघि दिवंगत हुनुभयो भने जोशी अहिले पनि नेपाली साहित्य र संस्कृतिको प्रवद्र्धनमा व्यस्त हुनुहुन्छ । मानार्थ पीएचडी र पीएचडी फरक विषय हुन् । मानार्थ पीएचडी योग्यता नभएर सम्मानका लागि दिइन्छ । यसखाले सम्मान जसले प्रदान गर्छ, त्यही प्राज्ञिक संस्थाको मात्र स्वामित्वभित्र पर्छ । तर सरकारले छापेको हुलाक टिकटमा नाम अगाडि डाक्टर लेखिएको छ । जुन नैतिक दृष्टिले अनुचित कर्म हो । स्रष्टा स्वयंले त्यो उपाधि प्रचलनमा नल्याएको अवस्थामा हुलाक टिकटमा यस्तो गल्ती गरिनु उचित होइन । सामाजिक सञ्जालमा सरकारी हेलचेक्र्याईंको खुलेर विरोध भएको छ ।

कतिपयले सरकारको यो कदम भारतीय सेनापतिलाई दिइएको मानार्थ सेनाप्रमुखको सम्मानलाई कार्यकारी सेनाप्रमुख स्वीकारे जस्तै भएको टिप्पणी गरेका छन् । यदि डाक्टर लेख्नुपर्ने अवस्था भए मानार्थ लेखेर सम्मान गर्ने विश्वविद्यालयको नाम खुलाउनुपर्ने उनीहरुको तर्क छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार १३:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।