Logo

समाचार

विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने



आगामी पुस ६ र ७ गते विराटनगरमा १७ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ ।

भाषा, संस्कृति, वेशभूषा, खाद्य परिकार र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नका लागि सम्मेलन गर्न लागिएको मैथिली एशोसिएशन नेपालका अध्यक्ष प्रवीणनारायण चौधरीले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।

सम्मेलनमा नेपाल, भारत र खाडी मुलुकका ३०० प्रतिनिधिको सहभागिता रहने छ । सो अवसरमा मैथिली उद्यमी, मैथिली चिकित्सक, विभिन्न भाषाभाषी कवयित्रीलाई सम्मान कार्यक्रम छ ।

नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन तथा यस क्षेत्रमा रहेका धार्मिक पर्यटनस्थलहरुको समेत प्रचारप्रसार गरिने तयारी छ ।

सम्मेलनका अवसरमा चित्रकला, विज्ञान प्रदर्शनी, खाद्य परिकार, चिकित्सक सामग्रीलगायत विभिन्न २० कक्ष राखिने जनाइएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आईतवार ०९:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।