Logo

पत्रपत्रिका

श्रीमान नभएको मौका पारी एकै दिन तीन महिलालाई करणाी



घरमा श्रीमान नभएका तीन जना महिलालाई एर्क रातमा जबर्जस्ती करणी गरेको आरोपमा रुकुमपश्चिम प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । उनले गाउँका महिलाहरुलाई उनीहरुको घरमा श्रीमान नभएको मौका पारेर बलात्कारको प्रयास गरेका थिए ।

पक्राउ पर्नेमा जिल्लाको आठबीस नगरपालिका–८ डाँफेका २२ वर्षीय केशव आरसी रहेका छन् । उनले गत मंसिर २७ गते राती गाउँका तीन महिलालाई करणी प्रयास गरेका थिए । पति नभएको महिलाको घरमा गएर जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका डीएसपी सुमित खड्काले बताए ।

उनका अनुसार केशवले २७ गते राति १ बजे पति घरमा नभएकी ४० वर्षीया एक महिला र अर्की ४५ वर्षीय एक महिलालाई करणी प्रयास गरेका थिए । सोही रात घरमा सुतिरहेकी ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ ।

केवशले दुई महिलालाई बलात्कारको प्रयास गरे पनि प्रतिकार गरेपछि तेस्रो घरमा गएर जबर्जस्ती करणी गरेको स्वीकारेका छन् । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

प्रकाशित मिति : ३ पुष २०७६, बिहीबार ०१:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।