प्रितम प्रितम आचार्यको स्वरमा रहेको ‘तिमीले बाटो फेरयौ अरे…२’ गीत सार्वजनिक गरिएको छ ।
भारतको प्रसिद्ध रियालिटी सो ‘सारेगम प लिलिट चाम्स’मा आफ्नो स्वरबाट धेरैको मन जित्न सफल गायक आचार्यको स्वरमा नयाँ भर्सन सार्वजनिक भएको हो ।
मेलिना राईको स्वरमा रहेको ‘तिमीले बाटो फेरयौ अरे…२’ले युट्युवमा करोड भ्युअर्स पुग्नै लाग्दा गीतकार दर्पण राईले प्रितमको स्वरमा नयाँ भर्सनको ‘तिमीले बाटो फेरयौ अरे…२’ गीत सार्वजनिक गरेका हुन् ।
विक्रम राईको सङ्गीत, रिकेश गुरुको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा राम केसीको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
प्रितमको स्वरमा रहेको नयाँ भर्सनको गीतले आफ्ना अन्य गीतले जस्तै स्रोता र दर्शकको साथ पाउनेमा आशावादी रहेको गीतकार दर्पण राइले बताए ।
‘सारेगम प लिलिट चाम्स’ पछि प्रितमको यो पहिलो गीत हो । प्रितमले यसअघि दर्पणको गीत ‘यो मुटु दुःखछ किन’मा पनि स्वर दिएका थिए ।





















प्रतिक्रिया