Logo

पत्रपत्रिका

आसन्न राष्ट्रिय सभा चुनावमा १६ सिट नेकपाले जित्ने विष्लेषण



नयाँ राजनीतिक घटनाक्रम विकास नभए राष्ट्रिय सभाको आसन्न चुनावमा १८ मध्ये १६ सिट नेकपाले जित्ने देखिएको छ ।

कांग्रेसले सात र समाजवादीले एक सिट गुमाउनेछन् । प्रदेश २ बाहेकका सबै प्रदेशमा नेकपाको सहज बहुमत छ भने नेकपाले बुधबार राजपासँग गठबन्धन गरेपछि अरूले कुनै सिट नजित्ने देखिएको छ ।

प्रदेश २ बाट रिक्त हुने राष्ट्रिय सभाका चार सिटमा नेकपा र राजपाले २/२ सिट बाँडफाँट गरेकाले राजपाको दुई सिट आउनेछ ।

राष्ट्रिय सभामा रहेका नेकपाका ३९ मध्ये ८, कांग्रेसको १३ मध्ये ७, राजपाका २ मध्ये २ जनै र समाजवादीका २ मध्ये १ जनाको दुईवर्षे पदावधि फागुन २० गते सकिन लागेपछि ती पदपूर्तिका लागि माघ ९ गते चुनाव हुन लागेको हो ।

राष्ट्रिय सभामा रहेका आफ्ना २ जना सदस्यको पदावधि सकिन लागेपछि त्यसलाई जोगाउन राजपाले नेकपासँग गठबन्धन गरेको छ ।

राजपाले आफ्नो सिट सुरक्षित गरेसँगै २ सिटको प्रत्यक्ष फाइदा नेकपालाई पुग्ने भएको छ ।

प्रदेश २ बाट कांग्रेस र समाजवादीबाट रिक्त हुने १/१ सिट नेकपाको भागमा पर्ने निश्चित जस्तै छ । तर, गोप्य मतदान हुने भएकाले ‘भोट क्रस’ हुने सम्भावना पनि छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति : ४ पुष २०७६, शुक्रबार ०२:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।