हस्पिटालिटी नेपाल कन्टेस्टको चौथो सँस्करण हुने भएको छ । आयोजक संस्था एपी इन्टरटेनमेन्टले शनिबार पोखरामा पत्रकार सम्मेलन गरि चौथो सँस्करणको कन्टेस्टको बारेमा जानकारी दिएको हो ।
प्रतियोगीलाई लक्षित गर्दै संस्थाले शनिबारबाटै चौथो सँस्करणको हस्पिटालिटी नेपाल कन्टेस्टको आवेदन समेत खुलाएको छ ।
देशभरबाट हस्पिटालिटी क्षेत्रसँग आबद्ध युवायुवतीले आवेदन भर्न सक्ने आयोजकले बताएको छ ।
यसवर्षको कन्टेस्ट भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने गरी गर्न लागिएको कन्टेस्टका कार्यक्रम सँयोजक संगम रेग्मीले बताए।
पोखराबाहेक काठमाण्डौ, बुटवल र चितवनमा पनि आयोजकले ‘कलेज क्याम्पेन’ गरेर प्रतियोगीहरु ल्याउने तयारी गरेको छ ।
विभिन्न चरणको अडिसन पश्चात फाइनलका लागि देशभरबाट ३० जना प्रतियोगीहरु छनौट गरिने आयोजकले जनाएको छ ।





















प्रतिक्रिया