Logo

पत्रपत्रिका

२७ करोडको कोकनि बरामद



प्रहरीले पाचँ दिनको अवधिमा झन्डै २७ करोड रुपैया मुल्य बराबरको नौ किलो लागुऔषध कोकिन बरामद गरेको छ । छोटो अवधिमा बरामद यो अहिले सम्मकै ठुलो परिणामको लागुऔषध हो ।
नेपाल प्रहरीको लागुऔषध ब्युरोले गत मङगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तीन किलो कोकिन बरामद गरेको थीयो ।

सोही ठाउँबाट ब्युरोले शनिबार पुन छ किलो कोकिन बरामद गरेको छ । बरामद कोकिनको अन्तराष्ट्रिय बजारमा अवैध मुल्य झन्डै २७ करोड रुपैया पर्छ । प्रहरीका अनुसार उत्पादन अत्यधिक बढेकाले पछिल्लो अवधिमा कोकिन प्रतिग्राम ३० हजार रुपैयाँमा बिक्री हुदै आएको छ ।

प्रहरीका अनुसार गत मङगलबार बरामद तीन किलो कोकिन ज्याकेटको फल्स बटनभित्र लुकाई ल्याइएको थीयो । शनिबार बरामद छ किलो कोकिन पनि ज्याकेटको फल्स बटनभित्रै लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा फेला परेको हो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति : ७ पुष २०७६, सोमबार ००:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।