काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापन हुदै आएको सिसडोल फेरि भरिएको छ । पटक पटक क्षमता विस्तार गरिएको सिसडोलमा अब मस्किलले दुई महिना मात्र फोहोर व्यवस्थापन गर्न सक्ने अवस्था छ ।
काठमाडौ महानगरपालिकाको वातावरण विभागले अहिले फोहोर व्यवस्थापन गर्न समस्या नरहे पनि फागुनसम्म बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल्ड साईटमा पुर्वाधार तयार नभए समस्या आउने बताएको छ । ‘मन्त्रालयका अनुसार बन्चरेडाँडामा फागुनसम्म फोहोर फाल्न सकिन्छ भन्ने छ ।
अब करिब दुर्ई महिना मात्रै फोहोर व्यवस्थापन गर्न सकिने अबस्था छ;’ काठमाडौ महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने ।
काठमाडौ उपत्यकामा दैनिक ८५३ टन फोहोर उत्पादन हुन्छ । उपत्यकामा दूई महानगरसहित १८ स्थानीय तह छन । भतmपुर नगरपालिकाबाहेकका अन्य महानगर र नगरपालीकामा वार्षिक तीन लाख ७० हजार ८० टन फोहोर उत्पादन हुने गरेको छ ।
तर उपत्यकाको फोहोर व्यवस्थापन १४ वर्षयता सिसडोलकै भरमा छ । सिसडोललाई निजी, गठी र सार्वजनिक गरी ४५१ रोपनी जग्गा अधिग्रहण गरी तीन वर्षका लागी भनेर ०६२ मा अल्पकालीन ल्यान्डफिल्ड साईट बनाइएको थीयो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।





















प्रतिक्रिया