Logo

पत्रपत्रिका

विपन्न परिवारका युवाहरुलाई निशुल्क तालीम दिन भौचर बाँडिदै



शिक्षा मन्त्रालअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिबृद्धि (इभन्ट परियोजना) ले चालु आर्थिक वर्षमा करिब ११ हजार विपन्न परिवारका युवालाई छोटो अवधिको तामिका लागि भौचर दिने भएको छ ।

इभन्ट परियोजनाले सुविधाविहीन समुहका दलित, लोपोन्मुख, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति र गरिबका लागि रोजगारीमा सहयोग पुर्याउने उद्दश्यले १० हजार नौ सय ४१ युवालाई भौचर वितरण गर्न लागेको हो ।

इभेन्ट परियोजनाले काठमाडौको भृकुटीमन्डपमा ७ र ८ पुषमा भौचर मेलाको आयोजना गरी छनोट भएकालाई तीन महिनाको तालिम दिन लागको हो । तालिमका लागी सहभागीहरुको मागमा आधारित, रोजेको विषय र बजारको आश्यकता तथा पायक पर्ने ठाउँमा निशुल्क तालिम लिन भौचरको व्यवस्था गरेको छ ।

तालिम अनुसार भौचरबापत सेवा प्रदायक सस्थाले पाउने रकम फरक छ । तालिम प्रदायक सस्थाले कम्तीमा ६ महिनाको रोजगारी सुनिश्चित गर्नुपर्नेछ । ३४ विभिन्न पेसागत विषयमा तालिम दिन ५८ तालिम तथा रोजगार प्रदायक संस्था छनोट भएका छन ।

काठमाडौ उपत्यकाका तीन जिल्लाभित्र आफुले छानेको विषय र संस्थामा भौचर बुझाएर तालिम लिन सकिनेछ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति : ७ पुष २०७६, सोमबार ०३:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।