वीरगञ्जमा रसायन प्रयोग गरेर नक्कसी घिउ उत्पादन गर्दे गरेको फेला परेको छ । वीरगञ्ज महानगरपालिका–१५, ब्रह्मचोकमा रहेको सिद्धिविनायक पूजा सामग्री प्रोडक्टस उद्योगले विभिन्न रसायन प्रयोग गरेर नक्कली घिउ उत्पादन गर्दै आएको प्रहरीले फेला पारेको छ ।
विशेष सूचनाका आधारमा प्रहरीले रसायन प्रयोग गरी घिउ उत्पादन गर्दै आएको फेला पारेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख एसपी सोमेन्द्रसिंह राठौर जानकारी दिए । घिउमा कुन रसायन प्रयोग हुँदै आएको थियो भन्ने अहिले नखखुलेको उनको भनाइ छ ।
उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै घिउ उत्पादनमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको एसपी राठौरले बतााए । नक्की घिउ उत्पादन गरेर गोकु, दुर्गा र पूजा, शुद्ध घिउको स्टिकर लगाएर बजारमा पठाउने गरेको फेला परेको छ ।
प्रहरी टोली उक्त ठाउँमा पुग्दासमेत रसायन प्रयोग गरेर घिउ उत्पादन भइरहेको एसपी राठौरको भनाइ छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ का अनील श्रेष्ठ, सोही स्थानका रमेश श्रेष्ठ र भारत मोतिहारी पूर्वी चम्पारण थाना आदापुर ग्राम पोखरिया–१ बस्ने रामविलास यादवलाई पक्राउ गरेको बताइएको छ ।
पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान सुरु भएको र घटनाको बारेमा विस्तृत अनुसन्धान गरिने एसपी राठौरको भनाइ छ । नक्कली घिउ बनाउन प्रयोग हुने २९ कार्टुन डाल्डा घिउ र बजार पठाउन तयार पारेर राखिएको ५२ कार्टुन नक्कली घिउ पनि प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।
















प्रतिक्रिया