संघीय संसदको सार्वजनिक लेखा समितिले उद्योगको गुणस्तर नघटाउन निर्देशन दिएको छ । सरकारले सिमेन्टको म्याग्नेसाइट ५ प्रतिशत बाट बढाएर ६ प्रतिशत कायम गर्ने निर्णय गरेको थीयो । यस्तै सिमेन्ट उत्पादनमा प्रयोग हुने अघुलनशील कच्चा पदार्थ (मग्नेसियम रसायन) को आईआरको मात्रा २ प्रतिशत बाट बढाएर ४ प्रतिशत बनाउने निण्र्नय गरेको थीयो ।
समितिले सोमबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव र गणस्तर तथा नाप तौल विभागका महानिर्देशकसंग छलफल गरी सिमेन्टको पुरानै मापदण्ड कायम गर्न निर्देशन दिएको हो ।
समितिका सभापती भरत साहले मापदण्ड परिवर्तन गर्नुपर्ने कारण पुष्टि हुन नसकेकाले पुरानै मापदण्ड कार्यन्वयन गर्न निर्देशन दिइएको बताए ।
आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।
















प्रतिक्रिया