Logo

अर्थ

आर्थिक बहस हुदै



‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक आर्थिक बहस हुने भएको छ । यही पुस १० गते बागलुङ महोत्सवको अवसरमा आयोजना हुने सो बहसमा नीति निर्माता तथा उद्योग व्यवसायी सहभागी हुनेछन्

जिल्लामा लगानीका सम्भावना औँल्याउन आर्थिक बहसको आयोजना गरिएको आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । बहसमा नेपाल उद्योण वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उद्योगपति मीनबहादुर गुरुङले मुख्य वक्ताका रुपमा भाग लिने सङ्घका महासचिव नरेश कँडेलले जानकारी दिए ।

बागलुङको आर्थिक बजारलाई चलायमान बनाउन, व्यापारको दायरा फराकिलो पार्न, राष्ट्रिय पूँजीमार्फत लगानी प्रवद्र्धन गर्न र स्थानीय उत्पादनको बजारीकरण गर्नमा बहस कार्यक्रमले सघाउने विश्वास लिइएको छ ।

रासस

प्रकाशित मिति : ८ पुष २०७६, मंगलवार ०१:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।