Logo

पत्रपत्रिका

प्रधानमन्त्रीले अपमान गरेको भन्दै उपप्रधानमन्त्री यादब र मन्त्री राईको राजीनामा



समाजवादी पार्टी नेपाल डेढ वर्षमै सरकारबाट बाहिरिएको छ । उपप्रधानमन्त्री तथा कानुन मन्त्री रहेका समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादब र सहरी विकासमन्त्री रहेका मोहम्मद इस्तियाक राईले मङगलबार प्रधानमन्त्रीलाई राजीनामा बुझाए ।

संविधान संशोधन एजेन्डा सहित १४ जेठ ०७५ मा तत्कालीन (नेकपा) एमाले र नेकपा (माओवादी केन्द्र) संग दुईबुँदे सहमति गरेर तत्कालीन संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको थीयो ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधानविज्ञहरु सम्मिलित विज्ञ सझाब समिति गठन गर्ने प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेको यादबको आरोप छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति : ९ पुष २०७६, बुधबार ००:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।