समाजवादी पार्टी नेपाल डेढ वर्षमै सरकारबाट बाहिरिएको छ । उपप्रधानमन्त्री तथा कानुन मन्त्री रहेका समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादब र सहरी विकासमन्त्री रहेका मोहम्मद इस्तियाक राईले मङगलबार प्रधानमन्त्रीलाई राजीनामा बुझाए ।
संविधान संशोधन एजेन्डा सहित १४ जेठ ०७५ मा तत्कालीन (नेकपा) एमाले र नेकपा (माओवादी केन्द्र) संग दुईबुँदे सहमति गरेर तत्कालीन संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको थीयो ।
सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधानविज्ञहरु सम्मिलित विज्ञ सझाब समिति गठन गर्ने प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेको यादबको आरोप छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।





















प्रतिक्रिया