युवराज सुवेदी
साना भाइ बहिनीलाई गुरासँ जस्तै फुल्न सिकाऊ
स्वार्थ अनि घमण्डलाई जीवन भरी भुल्न सिकाऊ
आज साना भए पनि भोलि ठूला हुन्छन् तिनी
ज्ञानको यज्ञ किताबलाई छापामारी डुल्न सिकाऊ
राष्ट्र र राष्ट्रियता जोगाउन उनकै पर्छ आवश्यकता
देश हाक्ने छवि बनाई वीरतालाई हुल्न सिकाऊ
हामी रहे नेपाल रहन्छ, नेपाल रहे हामी रहुँला
बिहानीको हिमाल जस्तै मुस्कुराई खुल्न सिकाऊ
सत्मार्गमा हिडी सधैं आत्म सम्मानमा बाँच्नुपर्छ
लह(लह झुलेको धानको बाला झै झल्न सिकाऊ
(युवराज सुवेदी युबा लेखक तथा अनुसंधानकर्ता हुन्)
प्रतिक्रिया