Logo

पत्रपत्रिका

विद्यालय जान–आउन ६ घन्टा पैदल



महाभारत गाउपालिका ४ का विद्यार्थी दैनिक ६ घन्टा हिडेर विद्यालय जाने आउने गरेका छन् । विद्यालय नजिक नहुदा दुर्गम गाउँका कतिपय विद्यार्थी स्कुल पढ्न दैनिक ६ घन्टा पैदल हिँड्न बाध्य छन् ।

महाभारत गाउपालिका –७ कालिमाटीकी १५ वषीय चमेली घलान विद्यालय जादा–आउदा दैनिक ६ घन्टा हिड्छिन् ।
गाँउमा यातायातको सुविधा छैन । महाभारत गाउपालिका–६ मा अवस्थित जनमोहन माविका कक्षा ९ मा पढ्ने उनी दैनिक ६ घन्टा हिड्ने गरेकी हुन् ।

‘विद्यालय घरबाट निकै टाढा छ; चमेलीले भनिन, ‘विद्यालय पुग्न ३ घन्टा हिड्नु पर्छ, घर फर्किन ३ घन्टा हिड्नु लाग्छ ।’
बिहान ७ बजे नै विद्यालय जाने गरेकी उनी साझ ७ बजे मात्रै घर पुग्छिन् ।

‘ स्कुलबाट बेलुका ७ बजेअघि घर पुगिदैन । हिडाइको थकाइले लखतरान भइन्छ । होमवर्क गर्न पनि गाहृो हुन्छ ।’

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति : ११ पुष २०७६, शुक्रबार ०३:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।