Logo

अन्तर्वार्ता

सरकार र उद्योगीको मिलेमतोमा किसानलाई शोषण गरियो ट्ठ दत्त



सरकार र उद्योगीको मिलेमतोमा किसानलाई शोषण गरिरहेको सामाजिक अभियान्ता सुरजीत दत्तले बताएका छन् । २ हप्ता देखि राजधानीमा उखु किसानको आन्दोलन जारी रहेका बेला अभियान्ता दत्तले उक्त धारणा राखेका हुन् । अनलाईन पाना संवादमा संवाददाता / प्रस्तोता तुलसी नेपाल सँग कुराकानीको क्रममा अभियान्ता दत्तले उक्त धारणा राखेका हुन् ।

उखु मिल संचालकहरुले उखु किसानलाई १ अर्ब ४० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ भने सरकारले उखु किसानलाई दिनुपर्ने अनुदान बापतको एक अर्ब ३४ करोड भुक्तानी दिन पनि सरकारले चासो नदेखाएको बेला अभियान्ता दत्तले उक्त कुरा बताएका हुन् ।

अहिलेको सर्वहारा बर्गको प्रतिनिधित्व गरिरहेको दावी गरिरहेको सरकारले किसानको समस्या प्रती उदासीन रहेर आफ्नो असली चरित्र देखिएको टिप्पणी गरे । अहिले आफ्नो उत्पादनको मुल्य माग्दै आन्दोलनरत किसानले प्रधानमन्त्रीलाई भेट्न नसक्ने तर उद्योगीले प्रधानमन्त्रीलाई सजिलै भेट्न सक्ने भन्दै यो सरकार कसको हो भन्ने प्रश्न खडा भएको धारणा राखे ।

खाद्यान्न आयात गर्ने विकासशील देशमा बेरोजगार बढ्ने गरेको तथ्यांक पेश गर्दै उनले किसानलाई पलायन गराउन सरकार नै लागिरहेको उनको भनाई थियो । किसानलाई लागतको ८० प्रतिशत मात्रै मुल्य दिने गरिएको समेत उनको जिकिर छ ।

२०४६ पछि हरेक सरकारले किसानको हितमा काम गर्न नसकेको उनको ठहर छ । उत्पादनहिन क्षेत्रमा कार्यरत सांसद, मन्त्री, मेयर र अन्य पदाधिकारीलाई तलब दिने व्यवस्थाको सट्टामा किसानलाई तलवको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

अहिले किसानहरु आफ्नो उत्पादनको मूल्य माग्दै आन्दोलन गरिरहँदा त्यस क्षेत्रका संघीय सांसद, प्रदेश सांसद, मेयर र उपमेयर अहिले कहाँ छन भन्ने प्रश्न उठेको समेत उनको भनाइ छ ।

हेर्नुहोस भिडियो:

प्रकाशित मिति : १६ पुष २०७६, बुधबार ११:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।