Logo

अर्थ

सुदुरपश्चिम प्रदेशको विकासमा सरकार लागेको छः अर्थमन्त्री खतिवडा



अर्थमन्त्री युवराज खतिवडाले सुदुरपश्चिम प्रदेशको विकासमा आफु लागि परेको बताएका छन् ।

सुदुरपश्चिम प्रदेशको धनगढी पुगेका अर्थमन्त्री खतिवडाले बिहिबार उद्योग बाणिज्य संघ कैलालीले गरेको भेटघाट कार्यक्रममा सौर्य उर्जा देखी लिएर विकासका अन्य काममा पनि यो प्रदेश नै प्राथमिकतामा पार्ने गरेको बताए ।

वर्तमान सरकारले मुलुकको आर्थिक क्षेत्रमा लिएका नीतिको सकारात्मक नतिजा विस्तारै देखिने भन्दै उनले अघिल्लो सरकारले शुरु गरेका अधुरा विकासका आयोजनालाई समेत पूर्णता दिन बजेट छुट्याइएको जानकारी दिए ।

विभिन्न ब्यवसायि र युवालाई रिणको लागि पनि सहुलियत रिण प्रदान गर्नका लागि बैंकहरुसँग कुरा भइरहेको उनले बताए ।

अब ठूलो ब्यवसाय सञ्चालनका लागि बैंकबाट सहुलियत ऋणका लागि सरकारले पहल गर्ने प्रतिबद्धता जनाए ।

बैंकहरुले र विभिन्न विकास निर्माण कार्य गर्दा हुने असारे चटारोको अन्त्य हुने मन्त्री खतिवडाले दाबि गरे ।
उनले बैंकहरुलाई पनि सेवाग्राहीसँग ऋण भुत्तानी गराउँदा असारमा नसताउन आग्रह समेत गरे ।

उनले छिटै नै पहाडि जिल्लाबाट कर तिर्नका लागि करदाताले तराई झर्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताए । उनले १ लाख सम्मको कर अनलाइनबाटै तिर्न सकिने ब्यवस्था गर्न लागेको जानकारी दिए ।

प्रकाशित मिति : १७ पुष २०७६, बिहीबार ११:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।