उखुको २१ करोड भुक्तानी नदिएको सर्लाहीस्थित महालक्ष्मी सुगर मिलमा बिहीबार किसानले ताला लगाएका छन् । बक्यौता नतिरी चालू सिजनको उखु क्रसिङ गर्न खोजेपछि तीन हजारभन्दा बढी किसानले मिलको उखु तौलिने काँटा र प्रशाासन शाखामा ताला लगाएका हुन् ।
गोडैता नगरपालीकाका मेयर देवेन्द्र यादवका अनुसार बिहीबार दिउँसो उद्योगमा दिनका लागी त्यस क्षेत्रका किसानलाई रेडियो पत्रपत्रिका र माइकिङबाट सुचित गरिएको थियो । ‘म आफैँ उखु किसान हुँ, मेरो पनि पैसा लिन बाँकी छ,’उनले भने,‘सबैका समस्या मेरा जस्तै हुन्। त्यसैले ठोस निर्णय लिन किसानलाई उद्योगमा भेला हुन साताअघिबाटै सूचना जारी गरेका थियौँ ।’
बिहान साढे ११ बजेदेखि किसान हुल बाँधेर मिलमा जम्मा हुन थालेका थिए । साढे १२ बजेसम्म २५ सय किसान भेला भइसकेका स्थानीय रमन मिश्रले बताए । भेलामा स्थानीय जनप्रतिनिधिको भाषण कार्यक्रमसमेत थियो । मेयर यादवले बक्यौता भुक्तानी नगरी यस वर्षको क्रसिङ सुरु गर्न दिने वा नदिने विषयबारे भेलाले निर्णय गर्ने बताए । नयाँ पत्रिकाबाट





















प्रतिक्रिया