Logo

कर्पोरेट फोकस

संविधान दिवसको अवसरमा दर्जन उद्यमी व्यावसायी विभूषित



पाँचौं संविधान दिवस अवसरमा सरकारले उद्योग व्यवसाय, सेवा, कला, चलचित्र, संगीत, साहित्य, समाजसेवालगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने  ६ सय ९४ जनालाई संविधान दिवस अवसरमा विभूषित गरेको छ । विभूषित भएकामध्य ४ सय ५३ जनालाई मानपदवी, १ सय १४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिएको हो । जसअन्तर्गत एक दर्जन उद्यमी व्यवसायीलाई पनि मानपदवी, अलंकार र पदकबाट विभूषित भएका छन् । 

विभूषित हुनेमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र इटहरीका व्यवसायी विमलमान श्रेष्ठलाई सुप्रबल जनसेवाश्री तृतीय मानपदवीबाट विभूषित भएका छन् ।  

यसैगरी विशाल समूहका उपाध्यक्ष तुलसीराम अग्रवाल, शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल, त्रिभुवनधर तुलाधर, पर्यटन व्यवसायी विजयबहादुर श्रेष्ठ, लक्ष्मण थापा क्षेत्री, विजय अधिकारी, अनिश थापा र नवीनकुमार पौडेललाई प्रबल जनसेवाश्री चतुर्थबाट विभूषित गरिएको हो ।

महिला उद्यमी ज्योत्सना श्रेष्ठ जनसेवाश्री (पञ्चम) बाट विभूषित भएकी छिन् । राष्ट्र यशोवद्र्धक अलंकारबाट पर्यटन व्यवसायी लाक्पा फुटी शेर्पा सम्मानित भएका छन् ।

ससरकारले उद्योग व्यवसाय क्षेत्रमार्फत महत्वपूर्ण योगदान दिएबापत उनीहरुलाई सम्मानित गरेको हो ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ११ : ५३ बजे