अमेरिकी सहयोग निकाय मिलेनियम च्याललेन्ज कर्पाेरेसन (एमसीसी)लाई अनुमोदन गर्न साझा पार्टी माग गरेको छ । अनुदान सम्झौताकै क्रममा नेपालीपक्षबाट केही त्रुटि भएकाले केही बुंदा सच्याएर परियोजना स्वीकृत गर्न माग गरेको छ ।
एमसीसी अनुदान लिने या नलिने भन्नेबारे पछिल्लो समय बहस छ । सत्तारूढ नेकपा नै यसमा विभाजित भएको छ । यहीबीच साझाले आफ्नो धारणा सार्वजनिक गर्दै एमसीसी सहयोग विगतको निरन्तरता भएकाले अनुमोदनको माग गरेको हो । तर परियोजनाका केही बुँदा नेपालको परराष्ट्रनीतिको मर्म र कानूनविपरीत भएकाले सच्याउनुपर्ने उको माग छ ।
नेपालको आर्थिक, सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्दै आएको अमेरिकाको एमसीसी परियोजना विगतको सहयोगको निरन्तरताको रूपमा रहेको साझा पार्टीको भनाइ छ । कूटनीतिक संवादमार्फत केही बुंदामा देखिएका समस्या समाधान गरेर राष्ट्रिय स्वार्थमा प्रयोग हुने गरेर एमसीसी स्वीकृत गर्न पनि माग गरेको छ ।


















प्रतिक्रिया