सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ । सोमबार सुनको मूल्य ७६ हजार पुगेको छ ।
यसअघि प्रतितोला ७५ हजार ५ सय पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य त्यो भन्दा पनि माथि ७६ हजार पुगेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिका र इरानको तनावले सुनको मूल्य हालसम्मकै उच्च भएको हो । नेपालमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको र सुनको मूल्य अझै बढ्ने सम्भावना देखिएको महासंघले जनाएको छ ।
त्यस्तै सुनसँगै चाँदीको भाउ पनि आकासिएको छ । आइतबार ९ सय रुपैयाँ प्रतितोलामा कारोवार भएको चाँदी सोमबार २० रुपैयाँ बढेर ९ सय २० रुपैयाँमा कारोवार भइरहेको छ ।
















प्रतिक्रिया