Logo

अर्थ

आयातमा कडाइ : एउटै चलानीबाट धेरै वस्तु ल्याउन नपाइने



सरकारले वस्तु तथा सेवा आयातमा कडाइ गरेको छ । व्यावसायिक रूपमा सामान आयात गर्दा एउटा कन्साइनमेन्ट (चलानी) बाट एकपटकमा एकथरी सामान मात्रै ल्याउन पाइनेछ । एउटा चलानीबाट धेरै किसिमका सामान आयात गर्दा व्यापारमा विचलन बढेको निष्कर्षअनुसार सरकारले यस्तो व्यवस्था लागू गरेको हो ।

सरकारले राजपत्रमा प्रकाशन गरेपछि यो व्यवस्था कार्यान्वयनमा आउने अर्थ मन्त्रालयले जनाएको छ । एउटै कन्साइनमेन्टमा धेरै वस्तु ल्याउँदा आयातित वस्तुको यथार्थ मूल्यांकनमा समस्या हुने गरेको भन्सार विभागका अधिकारी बताउँछन् ।

अघिल्लो साता राजस्व सचिव शिशिर ढुंगानाको संयोजकत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालसहितको बैठकले गठन गरेको कार्यदलले एउटा कन्साइनमेन्टबाट एकपटकमा एकथरी सामान मात्रै ल्याउन सुझावसहितको प्रतिवेदन दिएको थियो ।

खासगरी खाद्य सामग्री र लत्ताकपडामा यस्तो समस्या देखिने गरेको छ । एउटा कन्साइन्मेन्टमा धेरै थरी वस्तु ल्याउँदा परिमाण मापन गरी वस्तुको मूल्यांकनमा समस्या हुने गरेको छ ।

कात्तिक १९ मा राजस्व अनुसन्धान विभागले थानकोटमा रेफ्रिजरेटेड दुईवटा ट्रकमा छड्के जाँच ग¥यो । ट्रकमा आलु चिप्स, हरियो केराउ, बिफसमेत फेला परेको थियो । आलु चिप्स र हरियो केराउको भन्सार फरकफरक छ । यसरी धेरै वस्तु एउटै कन्साइनमेन्टमार्फत ल्याउँदा अवैध सामानसमेत लुकाएर ल्याउने गरेको पाइएको छ । अन्नपूर्ण पोस्टबाट

प्रकाशित मिति : २३ पुष २०७६, बुधबार ०२:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।