Logo

पत्रपत्रिका

मलाइ नै सभामुख बनाउनुस् : उपसभामुख तुम्बाहाङफे



उपसभामुख डा शिवमाया तुम्बाहाङफेले संसदलाई बन्दक कबनाउन आग्रह गरेकी छन् । सभामुखबारे छिटो निर्णय गर्न उनले नेकपा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालसँग आग्रह गरेकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा उपसभामुख तुम्बाहाङफेले आफुलाई नै सभामुख बनाउन प्रस्ताव गरेको स्रोतले बतायो । नेकपामा पूर्वएमाले कि पूर्वमाओवादीबाट सभामुख बनाउने भन्नेमा विवाद छ । प्रधानमन्त्रीसमेत रहेका वली पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउने पक्षमा छन् । अर्का अध्यक्ष दाहाल भने पूर्वमाओवादीबाटै सभामुख बनाउनुपर्ने अडानमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको बलमा उपसभामुख तुम्बाहाङफेले सभामुख दाबी गर्दै हाएकी छन् ।

अध्यक्षद्धयसँगको भेटमा उनले सभामुख टुंगो नलगाए आफुले प्रतिनिधिसभाको कारबाही अघि बढाउने प्रस्ताव गरेकी थिइन् । सभामुखको टुंगो नलाग्दा पुस ४ गते सुरु भएको हिउँदे अधिवेशन सूचना टाँसेर स्थिगन गरिएको छ । अन्नपूर्ण पोस्टबाट

प्रकाशित मिति : २६ पुष २०७६, शनिबार ०३:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।