नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या भएको बताएका छन् ।
चितवनको भरतपुरमा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गरे । ‘म चार वर्षसम्म चुप लागेर बसेको हुँ । पार्टी सञ्चालनका लागी कुनै नयाँ योजना आउँछ कि भनेर, तर आएन । अबको महाधिवेशनले अहिलेको नेतृत्व परिवर्तन गर्छ’, कोइरालाले भने ।
सुरुमा नै पार्टी नेतृत्वको विरोध गर्दा पार्टी नै विभाजन हुने भएकाले समय कुरेर बसेको उनको भनाइ थियो ।
अहिलेसम्म संगठन विस्तार, विभाग गठन, पार्टी सञ्चालन प्रक्रियामा स्पष्ट खाका आउन नसकेको उनले बताए । नयाँ पत्रिका





















प्रतिक्रिया