Logo

पत्रपत्रिका

रेफर सेन्टर बन्दै सरकारी अस्पताल



काठमाडौं महानगरपालिका–३ मा खुलेका सरकारी–सामुदायिक अस्पताल रेफर सेन्टर बनेका छन् । यो वडामा सरकारी, सामुदायिक र निजी गरी दुई दर्जनभन्दा बढी अस्पताल सञ्चालित छन् ।

यो वडामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, सहिद गंगालाल हृदय रोग केन्द्र, कान्ति बाल अस्पताललगायत सरकारी अस्पताल छन् ।

बिरामीको भीड हुने यी अस्पतालनजिकै सामुदायिक र निजी अस्पतालको पनि बाढी छ । सामुदायिक अस्पतालका रूपमा महेन्द्रनारायण निधि अस्पताल, बीपी स्मृति अस्पताल र सहारा सामुदायिक अस्पताल छन् ।

त्यस्तै, निजीतर्फ ग्रिनसिटी अस्पताल, कान्तिपुर डेन्टल अस्पताल, बीपी स्मृति हस्पिटल, वेलनेश अस्पताल, इसान बाल तथा महिला अस्पताल, चिरायू हस्पिटल, मेट्रो हस्पिटल, अन्तर्रा्ष्ट्रिय बालमैत्री अस्पताल खुलेका छन् ।

करिब ५५ हजार जनसंख्या रहेको यो वडामा सबै अस्पतालको शड्ढया २५ सयभन्दा बढी छ । निजी अस्पतालमा विशेषज्ञ चिकित्सक र लगानीकर्ताका रूपमा सरकारी चिकित्सक संलग्न छन् ।

वडामा अर्बौं लगानीका १९ वटा ठूला अस्पताल सञ्चालनमा रहेको काठमाडौं महानगर–३ का वडाध्यक्ष दीपक केसीले जानकारी दिए । करोडौं लगानी गरी अस्पताल सञ्चालन भइरहेको जानकारी दिँदै वडाध्यक्ष केसीले भने, ‘सरकारी अस्पताल हुँदाहुँदै निजी क्षेत्रबाट पनि करोडौं लगानी भइरहेको छ । उपचारका लागि अन्यत्र जानु पर्दैन ।’ अन्नपूर्ण पोस्टबाट

प्रकाशित मिति : १ माघ २०७६, बुधबार ००:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।