फर्जी उपभोक्ता समिति बनाएर सरकारी रकम हिनामिना गरेको आरोपमा पूर्वसांसद विश्वनाथप्रसाद यादव (बीपी यादव) विरुद्ध मुद्दा दायर भएको छ । यादवले पूर्वाधार विकास कार्यालय सिरहाका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइतसमेतको संलग्नतामा फर्जी समिति गठन गरी २५ लाख हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोपपत्रमा उल्लेख छ ।
सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ र ३ मा पर्ने सडक ग्राभेल गर्न किर्ते व्यक्ति खडा गरी उपभोक्ता समिति गठन गरेको अख्तियारको अनुसन्धानले देखाएको छ। पूर्वसांसद यादव, कार्यालय प्रमुख गोइत, तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डल भनिने हरि मण्डलसहित ६ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। पूर्वसांसद यादव सुनियोजित तवरले फर्जी समिति गठन गरी भ्रष्टाचारमा प्रत्यक्ष संलग्न रहेको पुष्टि भएको अख्तियारले जनाएको छ ।
उनीहरूविरुद्ध २५ लाख बिगोसहित यादवलगायत ६ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। मिलेमतो गर्ने सोही कार्यालयका नासु भागवत यादव, राजपा नेता वीरेन्द्रकुमार मण्डल र कृष्णकुमार यादवलाई पनि प्रतिवादी बनाइएको छ ।
अनुसन्धानमा पूर्वसांसद यादवको मिलेमतोमा गैरकानुनी फाइदा लिन सप्तरीको राजगढ गाउँपालिकास्थित मुतनी नदी सिँचाइ आयोजनाको काम गर्न गठित उपभोक्ता समितिका पदाधिकारीको नागरिकताको फोटोकपीमा अनधिकृत रूपमा विवरण सच्याएको अख्तियारले पाएको छ । अग्निसाइर कृष्णसवरण गाउँपालिकाको इटहर्वादेखि कनौलीसम्मको सडक निर्माणका लागि प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय जनकपुरको नाउँमा सिफारिसपत्रसमेत केरमेट गरी सच्याइएको छ । अन्नपूर्ण पोस्टबाट





















प्रतिक्रिया