Logo

अचम्म

दोलखा भीमसेनलाई पसिना आयो, कुनै अनिष्ट हुँदै छ ?



दोलखा जिल्लाको प्रसिद्ध धार्मिक स्थल भीमेश्वर मन्दीरको शीलामा पसिना आएको छ । भीमसेनलाई पसिना आएको भन्दै स्थानीय बासीहरूको भिड नै लागेको छ । स्थानीयका अनुसार भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट हुने मान्यता छ ।

शीलामा पसिना आएपछि मन्दिरमा दर्शनार्थीको भीड लागेको छ भने शीलामा पसिना आएको थाहा भएपछि चम्मरले हम्कने र कपासले पसिना पुछ्न थालिएको मन्दिर व्यवस्थापनले जानकारी दिएको छ ।

कालो शीलाको माथी पानीको थोपा देखिदैं बग्न थालेको अवस्थालाई भीमसेनलाई पसिना आएको मान्ने गरिन्छ । पसिना आएपछि राष्ट्र प्रमुखले भीमेश्वर मन्दिरमा क्षमापुजा पठाउने प्रचलन छ ।

यसअघि २०७४ सालमा पनि भीमसेनलाई पसिना आएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार १०:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।