Logo

पत्रपत्रिका

ओली हटाउने प्रचण्ड डिजाइन तुहियो



वामदेव गौतमलाई राष्ट्रपतीबाट मनोनित गरी राष्ट्रियसभा सदस्य बनाउने निणर्य कार्यान्वयन नगरे यही निहुँमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनेसम्मको कार्यकारी अध्यक्ष प्रचण्डको प्रयास तत्कालका लागि असफल भएको स्रोतको दाबी छ ।

ओलीलाई हटाउने रणनीतिमा माधव नेपालको साथ नपाएपछि प्रचण्ड ब्याक भएका हुन्। नेकपा सचिवालयको बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनयनका लागि मन्त्रिपरिषद्ले सिफारिस गर्ने निणर्यमाथी पधानमन्त्रीले असहमती जनाएका थिए । उनको असहमती सचिवालय बैठकको निणर्यभन्दा पनि यसको नियत र प्रक्रिायाप्रति थियो ।

प्रचण्डको चलखेल

संविधान संसोधन कार्यदल गठन गरेलगत्तै ठूलो विरोध भएपछि नेकपा नेतृत्व बामदेवको चाहाना पुरा गर्ने बाटोबाट ब्याक भयो । यसबिचमा प्रचण्डले अर्काे चलखेल सुरु गरेको सुचना बालुवाटरले पाईसकेको थियो । प्रचण्डले शेरबहादुर देउवासंग पनि छलफल गरेको समेत बालुवाटरले जानकारी पायो ।जुन छलफलमा बिनोद चौधरी समेत संगग्न रहेका थिए ।

त्यसपछि प्रधानमन्त्री झस्किए
बामदेवलाई सहमत बनाउन दिपक भट्ट प्रयोग भएको सूचना पनि बालुवाटारले पाएपछि अध्यक्ष ओलीले सचिवालयको निणर्य प्रति झस्किए । उनले तत्काल माधव नेपाललाई बोलाएर सबै चलखेलका विवरण सुुनाउदै केहि व्यापारीको स्वार्थ पूर्ति गराउन आफूले अर्थमन्त्री खतिवडालाई नहटाउने जानकारी गराए । त्यसपटि नेकपा झण्डै–झण्डै दुर्घटनातर्फ जान लागेको समाचार प्रवाह भयो ।

झलनाथ खनालले पार्टी निणर्य कार्यान्वयनमा नगरे ओलीले पार्टी छाड्नुपर्ने अभिव्यत्ति दिए । जबकी खनाल तिनै नेता हुन जसले तत्कालिन एमालेका स्थायी कमिटिले गृहमन्त्री विष्णु पौडेललाई बनाउन दिएको निर्देशन नमानी कृष्णबहादुर महरालाई बनाएका थिए । आजको साँघु साप्ताहिकमा खवर छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार ०९:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।