Logo

प्रवास

एक नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि



रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका एक नेपाली नागरिकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

पोर्चुगलको ग्रामीण क्षेत्रमा कृषि मजदुरको रूपमा काम गरिरहेका एक नेपालीलाई कोरोना संक्रमण भएको फारो नगरपालिकाका मेयर रोगिरियो वाकलहाउकलाई उदृत गर्दै विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कोरोना संक्रमित कृषि मजदुर नेपाली नागरिक भएको पुष्टि भएतापनि उनको नाम, उमेरको बारेमा भने पूर्ण जानकारी गोप्य नै राखिने त्याहाँको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोर्चुगलमा अहिलेसम्म २४५ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । आइतबार मात्रै थप ७६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

सोमबार बिहानसम्म पोर्चुगलमा २ सय ४५ जना संक्रमित भएका छन् । जसमध्ये आइतबार मात्रै ७६ जना नयाँ संक्रमित फेला परेका हुन् । जसमध्ये ९ जनाको गम्भीर अवस्थामा उपचार भइरेको छ । विश्वका १५७ देशमा देखिएको कोरोना संक्रमणबाट ६ हजार ५ सय १६ जनाले ज्यान गुमाइसकेका छन् भने १ लाख ६९ हजार ५ सय ५६ जना संक्रमित छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार १०:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।