Logo

प्रदेश

राजधानीमै ट्रकभित्र लगेर १७ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार



राजधानी काठमाडौको चन्द्रागिरी नगरपालिका – १५ तीनथामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार सामूहिक बलात्कारमा संलग्न ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका–१ घर भएका २४ वर्षीय सञ्जय घर्ती मगर, रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भएका १९ वर्षीय कपिल खड्का र सिन्धुलीको सुनकोशी गाउँपालिका–९ घर भएका १९ वर्षीय पासाङ तामाङ छन् ।

प्रहरीका अनुसार मंगलबार बिहान ३ जना युवकले गाडी चढ्न सडक किनारमा उभिएकी युवतीलाई गन्तव्यमा पु¥याइदिने भन्दै सडक निकारमा रोकिएको ट्रकमा लगेका थिए । ट्रकमा लगेर तीनै जनाले किशोरीमाथि सामूहिक बलात्कार गरेका देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीले बलात्कृत किशोरीको उद्दार माइती नेपालको संरक्षणमा राखिएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको थानकोट प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार ११:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।