विहानको समयमा सेक्स गर्दा ठूलो स्वरमा कराएपश्चात् एक महिलालाई प्रहरीले पक्राउ गरी जेल पठाएको छ । व्रिटेनको शहर बर्मिंघममा अदालतको सेक्सको बेला ‘ठूलो आवाज’ ननिकाल्न दिएको आदेश उल्लंघन गर्ने महिलालाई जेल पठाइएको हो ।
बर्मिंघमको स्माल हीथ इलाकामा बस्दै आएकी गैमा वेललाई सेक्स गर्दा ठूलो स्वर निकालेर ‘डिस्टर्ब’ गरेको भन्दै दुई हप्ता जेलमा राखिएको हो । न्यायधीशले भनेका छन्ः सेक्स गर्ने समयमा कराएर अदालतले समाज विरोधी व्यवहारको सम्बन्धमा दिएको आदेशको उल्लंघन गरिन् र छिमेकीलाई ‘डिस्टर्ब’ गरिन् ।
एक छिमेकीको उजुरीपश्चात् बर्मिंघम सिटी काउन्सिलले महिलाविरुद्ध कानूनी कारवाही गरेको थियो । न्यायधीश एमा कैलीले यो पनि भने कि महिलाले आफ्नो ब्वाइफ्रेण्डसँग बहस गरेर अफ्नो घरमा हल्ला गरेर अदालतको आदेशको उल्लंघन गरिन् ।
उनीविरुद्ध उजुरी हालेपछि छिमेकीले भनेका छन्, ‘गैमा सेक्सको बेला ठूलो स्वर निकालिरहेकी थिईन् । यो कराउने क्रम करिब १० मिनेटसम्म चल्यो र हाम्रो निद्रा खुल्यो ।’ न्यायधीशले भनेका छन्, ‘म यो कुराबाट सन्तुष्ट छु किनकी २९ जनवरीको विहान करिब पाँच बजे अभियुक्त महिला सेक्सको बेला कराएर ठूलो स्वरमा आवाज निकालेकोमा दोषी छिन्। उनको आवाज यती ठूलो थियो कि छिमेकीलाई समेत डिस्टर्ब भयो ।’

















प्रतिक्रिया