Logo

प्रवास

लकडाउन उल्लंघनको आरोपमा मलेसियामा ४ नेपाली सहित ६ आप्रवासी पक्राउ



मलेसिया सरकारको नियम उल्लंघन गरेको आरोप ४ नेपाली सहित ६ जना आप्रवासी कामदार पक्राउ परेका छन् । मलेसियाको अध्यागमन विभागले उनिहरूलाई मेलक्काबाट पक्राउ गरेको जनाइएको छ ।

मलेसियन सरकारले कोरोना भाइरस (कोभिड-१९) फैलिन नदिन लगाएको आवागमन बन्देजको उल्लंघन गरेको अभियोगमा उनिहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा ४४ वर्षीय पूर्ण बहादुर लिम्वू, ३९ वर्षीय पुण्य तामाङ, ३३ वर्षीय दुर्गा बहादुर सार्की र २९ वर्षीय भरोसी सदा रहेका छन् । त्यस्तै उनीहरुसँगै एक पाकिस्तानी र बंगलादेशी नागरिक पनि पक्राउ परेका छन् ।

पक्राउ परेका उनीहरु सबैलाई तीन महिना कैद र जनही १ हजार १ हजार रिंगेट जरिवाना गरिएको छ । उनीहरुलाई न्यायाधिश मोहम्मद नजरिन अलि रहिमको इजलाशले सजाय तोकेको हो ।

मलेसियन सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भन्दै १८ मार्चदेखि १४ अप्रिलसम्म आवागमन नियन्त्रण आदेश जारी गरेको थियो । यो अवधिभर अति अत्यावश्यक क्षेत्रका कामदारले मात्रै अनुमति लिएर आवतजावत गर्न पाउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार १०:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।