Logo

अर्थ

राष्ट्र बैंकको भावि गभर्नरका लागि तीन जनाको नाम सिफारिस



सरकारले नेपाल राष्ट्र बैंकको भावि गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गाठित समितिले तीन भावि गभर्नरमा तीन जनाको नाम सिफारिस गरेको हो ।

भावि गभर्नरको लागि राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्व सचीव राजन खनालको नाम सिफारिस गरेको हो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार सिफारिश समितिको सिफारिशको आधारमा नेपाल सरकारले गभर्नर नियुक्त गर्छ । ऐनमा मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिका लागि अर्थमन्त्रीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गर्नुपर्ने व्यवस्था छ । सदस्यमा पूर्वगभर्नरहरू मध्येबाट एकजना सदस्य र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रका एक प्रतिष्ठित व्यक्ति हुनुपर्ने कानूनी प्रावधान छ ।

सिफारिस समितिमा अर्थमन्त्री खतिवडा सहित पूर्व गभर्नरको तर्फबाट विजयनाथ भट्टराई र पूर्व अर्थसचिव कृष्णहरि बास्कोटा सदस्य रहेका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार १२:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।