Logo

प्रदेश

अत्यावश्यक सामान भन्दै लकडाउनमा रक्सीको ढुवानी



जिल्ला प्रहरी कार्यालय मकवानपुरले लकडाउन उल्लङ्घन गर्दै अति आवश्यक सवारी भनि सूचना टाँसेर मदिरा ढुवानी गर्ने अटो र स्कुटरसँगै १८० लिटर मदिरा बरामद गरेको छ ।

प्रहरीका अनुसार बरामद भएको मदिरा जनप्रतिनिधि र पत्रकारको रोहवरमा पोखेर नष्ट गरिएको छ । लकडाउनको समयमा प्रहरी प्रशासनले अतिआवश्यक सवारी बाहेक सञ्चालनमा रोक लगाएकाले एक अटोले दुग्ध दुवानी सेवाको ब्यानर राखेर मदिरा ओसार्ने क्रममा प्रहरीले बरामद गरेको थियो ।

त्यसैगरी स्कुटरबाट करीब ४० लिटर मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार १५:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।