नेपालका लागि इजरायली राजदूत खनान गोडेरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग मंगलबार मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।
भेटवार्तामा मन्त्री ढकालले राजदूत गोडेरललाई नेपाल-इजरायल सीधा हवाइ सेवा सञ्चालनमा सहजिकरण गरिदिन अनुरोध गरेका छन् । उनीहरूको बीचमा पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको बताईएको छ ।
प्रतिक्रिया