सर्लाहीमा र्यापिड टेष्ट गर्दा एक बालकमा कोरोना भाइरसको एन्टीबडी पोजेटिभ देखिएको हो । सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक जना १४ वर्षीय बालकमा र्यापिड टेष्ट गर्दा कोरोना भाइरसको एन्टीबडी देखिएको जिल्ला प्रशासन कार्यलय सर्लाहीले पनि पुष्टि गरेको छ ।
जिल्ला प्रशासन कार्यलय सर्लाहीका अनुसार उनिसँगै क्वारेन्टाइनमा रहेका अर्का एकजनाको भने र्यापिड टेस्टको नतिजा भने नेगेटिभ आएको छ । एन्टीबडी देखिएका ती बालकलाई शुक्रबार राती नै जनकपुर पठाइएको छ ।
जानकारी आउने बित्तिकै चेक जाँचका लागि सम्पूर्ण तयारी पूरा गरि बालकलाई प्रादेशिक अस्पतालको आइसोलेश वार्डमा भर्ना गरेको जानकारी प्रादेशिक अस्पताल जनपुरले जनाएको छ ।
एन्टीबडी देखिएका ती बालक गत चैत २३ गते भारतको दिल्ली हुँदै सर्लाही पुगेका थिए । उनमा कोरोना संक्रमण भएनभएको भने पिसिआर रिपोर्ट पछि मात्रै पुष्टि हुनेछ ।





















प्रतिक्रिया