Logo

प्रदेश

कुहिएको दाल बाँडेपछि कलैया उपमहानगरका मेयर पक्राउ



बाराको कलैया उपमहानगरपालिकाका मेयर पक्राउ परेका छन् । राहतमा कुहिएको दाल बाँडेपछि मेयर राजेशराय यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यलय बाराका अनुसार मेयर यादवलाई कुहिएको राहत वितरण गरेको आरोपमा सोधपुछका लागि पक्राउ गरिएको जानकारी दिए ।

गत २८ गते नगरले वितरण गरेको राहतमा कुहिएको दाल भेटिएको थियो । त्यसकै भोलिपल्ट प्रहरी र जिल्ला प्रशासन कार्यालयले उनको घरमा छापा मारेको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलवार १४:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।