Logo

प्रदेश

दोलखा जाँदै गरेको बस मन्थलीमा दुर्घटना, २८जना घाइते



काठमाडौंबाट दोलखाका लागि छुटेको मिनीबस रामेछापको मन्थलीमा दुर्घटना हुँदा करिब १५ जना घाइते भएका छन् । बा २ ख ६८१८ नम्बर मिनिबस मन्थली नगरपालिका–६ कुनौरी मोडमा बुधबार बिहान ४ बजे दुर्घटनामा हुँदा २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेमध्येका एकजनालाई काठमाडौंको ट्रमा सेन्टर ल्याइएको छ भने बाँकीको तामाकोसी सहकारी अस्पताल मन्थलीमा उपचार भइरहेको प्रहरी जनाएको छ । ब्रेक फेल भएर बस दुर्घटनामा परेको हो । बस देब्रेतिरको नालिमा खसेकाले ठुलो मानविय क्षतिहुनबाट जोगिएको छ ।

लकडाउनका कारण काठमाडौंमा अलपत्र परेकालाई स्थानीय सरकारले बसको व्यवस्था गरी गाउँ फर्काउन खोज्दा उक्त दुर्घटना भएको हो ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार ०८:०१   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।