Logo

प्रदेश

काठमाडौँबाट उदयपुर जाँदै गरेको बस बर्दिबासमा दुर्घटना,एक जनाको ज्यान गयो



कठामाडौँबाट यात्रु बोकेर उदयपुर जाँदै गरेको बस दुर्घटनामा परेको छ । काठमाडौँमा रहेका अलपत्र यात्रु बोकर उदयपुर जाँदै गरेको नम्बर नखुलेको बस बर्दिबास–३ पाटो भन्ने स्थानमा दुर्घटना हुँदा बसका सह–चालकको च्याप्पिएर ज्यान गएको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।

महोत्तरी प्रहरीका अनुसार, बस दुर्घटना भएको हो, बसमा कति यात्रु थिए भन्नेबारे जानकारी लिँदै छौँ, सहचालकको च्याप्पिएर ज्यान गएको छ, एक जना यात्रु घाइते छन् । प्रहरीका अनुसार उक्त बसमा रहेका अन्य यात्रुहरु सकुशल रहेका छन् ।

दुर्घटना बारे पूर्ण विवरण आउन बाँकी छ । यसअघि बैशाख १० गते पनि काठमाडौँबाट अलपत्र परेका यात्रु लिएर दोलखा जाँदै गरेको बा २ ख ६८१८ नम्बरको बस रामेछापको मन्थलीमा दुर्घटनामा परेको थियो । उक्त बस दुर्घटनामा २८ जना यात्रु घाईते भएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार ०७:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।