Logo

प्रदेश

कोरोना विरुद्धको लडाइमा अग्रपंक्तिमा खटिदैं ‘राष्ट्रका लागि युवा’



विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको लडाइमा ‘राष्ट्रका लागि युवा’ संस्थाका स्वयंसेवकहरू अग्रपंक्तिमा खटिरहेका छन् ।

कोरोना महामारी विरुद्ध नेपालमा लकडाउन सुरु भएसँगै सक्रिय भएको यो संस्थाले उपत्यकाका थानकोट, कोटेश्वर, जोरपाटी लगायतका ठाउँहरूमा अस्थायी हेल्थ डेक्सको स्थापना गरेर नागरिकहरूको स्वास्थ जाँच गरिरहेको छ भने कोरोना संक्रमणको शंका लागेकाहरूलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा थप चेकजाँचको लागि लैजाने गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन जारी भएसँगै समस्यामा परेका मजदुर र विपन्न नागरिकलाई राहत वितरणमा समेत सक्रिय रहेको छ । थानकोट र कोटेश्वर (जडिबुटी) नाकाबाट उपत्यका भित्रीने र बाहिरिने नागरिकहरूको स्वास्थ जाँचलाई पनि यो समूहले निरन्तर जारी राखेको छ ।

त्यो सँगै कोरोना महामारी नेपालमा पनि सुरुवात हुने संकेत मिलेसँगै युवाहरूको यो समूहले स्वास्थ परिक्षणको क्रममा स्वास्थकर्मीहरूको लागि अत्यावश्यक मानिएको पिपिई लगायतका सामाग्रीको उत्पादन तथा वितरण समेत गर्दै आएको ‘राष्ट्रका लागि युवा’ तथा युवा चिकित्सक संघका संयोजक डाक्टर निकोलस भुसालले जानकारी दिए ।

कोरोना महामारी पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म यो अभियान निरन्तर जारी रहने संयोजक डा. भुसालले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आईतवार २०:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।