किशोरी बलात्कारको आरोपमा पर्साको कालिकामाई गाउँपालिकाका एक २२ वर्षीय युवक पक्राउ परेका छन् ।
स्थानीय एक किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका युवकलाई युवतीका परिवारले युवकलाई घरमा नै नियन्त्रणमा लिएर कुटपिट गरेको आरोपमा किशोरीका परिवारका ५ जना सदस्य समेत पक्राउ परेको इलाका प्रहरी कार्यलय पोखरीयाले जनाएको छ ।
बलात्कारको आरोपमा पक्राउ परेका कालिकाकामाई – ३ बस्ने मन्नु चौरसिया भनिने २२ वर्षीया दिपेन्द्र चौरसिया रहेको इलाका प्रहरी कार्यलय पोखरियाले जनाएको छ ।
युवकले करणी गरेको युवतीका अभिभावकले थाहा पाएपछि आक्रोशित हुँदै आरोपित युवकलाई घरमा थुनेर कुटपिट गरेको अभियोगमा पीडित युवतीकि हजुरबुबा महमजान मिया, मामा तैयव मिया, बुवा मकिम मिया, दाइ इन्तियाज आलम र एक जना छिमेकी सहित ५ जनालाई पनि पक्राउ गरिएको छ ।
युवकलाई नियन्त्रणमा लिएर कुटपिट गरेपछि दुबै पक्षलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यलय पर्सा पठाइएको इलाका प्रहरी कार्यलय पोखरियाले जनाएको छ । उक्त घटनालाई गाउँमै मिलाउने प्रयास गरिएको भएपनि युवकलाई कुटपिट गर्न थालेपछि घटना सार्वजनिक भएको थियो ।
जिल्ला प्रहरी कार्यलय पर्साले भने घटनाको अहिले अनुसन्धान भैरहेको र आवश्यक अनुसन्धान पछि मात्रै घटनाबारे जानकारी दिन सकिने उल्लेख गरेको छ ।





















प्रतिक्रिया