Logo

प्रदेश

सडकमा अलपत्र जनावरको हेरचाह गर्दै युवा समूह



विश्वव्यापी स्वास्थ महामारीको प्रभाव नियन्त्रणका लागि गरिएको लकडाउनको ४१ औं दिन पुग्दा मानिससँगै मानव आश्रीत कुकुर लगायतका जनावर पनि प्रभावित बनेका छन् ।

यस्तोमा जनावरहरूको हेरचाहमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० र १२ का युवाहरू सामाजिक अभियानमा जुटेका छन् । दिपेश भण्डारी नेतृत्वको सडकमा कुकुरहरूलाई खाना दिने अभियानमा जुटेका हुन् ।

स्थानीय युवाहरूको सक्रियतामा सामुहिक रूपमा रकम संकलन गरेर खानाको व्यवस्था गरिएको हो । यो अभियानमा राहुल लुइँटेल, सुदिप लुइँटेल, नवीन रिमाल, सौरभ अधिकारी, अनिल कार्की किरण थापा मगर, साहिल गौतम, नयन रिमाल सहित अनुज लुइँटेल सहितका युवाहरू सक्रियता पूर्वक लागेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आईतवार २०:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।