भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउन लागु गर्नु अत्यावश्यक रहेको बताएका छन् । तर लामो समय यो लकडाउन रहे समस्या उनले बताएका छन् ।
उनले भनेका छन्, ‘जुन बेला भारतमा कोरोना भाइरसको प्रवेश भयो त्यो बेला हामीसँग त्यसविरुद्ध लड्नका लागि केही थिएन । तर अहिले हामी कोरोना भाइरससँग लड्नका लागि तयारी अवस्थामा छौँ ।’
मुख्यमन्त्री केजरीवालले भने, ‘अब पनि पूरै दिल्लीलाई रेड जोनमा राखिँदा धेरै समस्या भएको छ । मानिसहरु बेरोजगार भइरहेका छन् ।
राजस्व आउन बन्द भएको छ । मानिसहरु दिल्ली छोडेर गइरहेका छन् । हामी यस्तो अवस्था अब धेरै दिन सहन गर्न सक्ने अवस्थामा छैनौँ । अर्थव्यवस्था कमजोर भएको छ । हामी कर्मचारीलाई तलब दिन नसक्ने अवस्थामा पुग्ने जोखिम भएको छ ।’
केजरीवालले अघि भने, ‘अप्रिलमा हरेक वर्ष साढे तीन हजार करोड राजस्व संकलन हुने गर्थ्यो, यो वर्ष मात्रै ३०० सय करोड राजस्व संकलन भएको छ । यस्तो अवस्थामा त हामी तलब दिन पनि सक्ने छैनौँ । सरकार कसरी चल्छ?’
अर्थव्यवस्था थप संकट तर्फ धकेलिएको उनले बताएका छन् । कोरोना भाइरसको उपस्थितिमै जीवनयापन गर्ने अवस्था सिर्जना हुनु पर्ने उनले उल्लेख गरेका छन् । त्यसका लागि बन्द रहेका आर्थिक गतिविधि खुला गरिनु पर्नेमा केजरीवालले जोड दिएका छन् ।
सोमबारदेखि दिल्लीमा लकडाउन केही खुकुलो भएको छ र केही आर्थिक गतिविधि सञ्चालनका लागि स्वीकृति दिइएको छ ।





















प्रतिक्रिया