Logo

पोखरीमा डुबेर आमा सहित दुई छोरीको मृत्यु



पोखरीमा डुबेर मोरङका ग्रामथानमा दुई छोरी सहित आमाको मृत्यु भएको छ। मृत्यु हुनेमा ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी र उनका ९ र १३ वर्षीया २ छोरीहरु रहेको इलाका प्रहरी कार्यालय वेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

आइतबार साँझ पोखरीमा माछालाई चारो हाल्न गएका उनीहरु घर नफर्किएपछि खोजी गर्दा पोखरीभित्र शव फेला परेको ढकालको भनाइ छ।

मृतकको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ। उनीहरुको के कारणले मृत्यु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिएका छन्।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार १०:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।