जनता समाजवादी पार्टीको भातृ संगठन जनता समाजवादी मुस्लिम संघका केन्द्रीय सदस्य तथा जनता समाजवादी पार्टीका युवा नेता तबरेज आलमले कोरोना संक्रमणलाई लिएर सिंगो मुस्लिम समुदाय माथि नै आक्रमण हुँदा समेत राज्य मौन बसेको आरोप लगाएका छन् ।
नेपालमा मुस्लिम समुदायका व्यक्तिहरूलाई कोरोना भाइरसको संक्रमण धेरै देखिएको भएपनि त्यसैलाई आधार मानेर सिंगो समुदायमाथि नै अनावश्यक आक्रमण गर्दा समेत मुस्लिम आयोग समेत चुप रहनुले आफुलाई आश्चर्य लागेको आलमको भनाइ छ ।
कोरोना नियन्त्रणका लागि सरकारले चालेको कदम अपर्याप्त भएको भन्दै कोरोना प्रभावित इलाकामा कोरोना चेकजाँच गर्ने पर्याप्त स्वास्थ उपकरण व्यवस्था गर्न समेत उनले सरकारलाई सुझाव समेत दिए ।
त्यो सँगै लकडाउनलाई अझै कडाइ गर्दै उपभोग्य बस्तुको आपूर्ति र गरिबीको रेखामुनि रहेका नागरिकलाई राहत तथा सहुलियत उपलब्ध गराउन समेत सरकारसँग आलमले माग गरेका हुन् ।





















प्रतिक्रिया