Logo

प्रदेश

२ जना कोरोना संक्रमित थपिए, कुल संख्या २१९ पुग्यो



नेपालमा कोरोना भाइरसको संक्रमित संख्या २१९ पुगेको छ । आज धनुषामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दुवैजना महिला हुन् । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनसुसार मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार जनकपुुर उपमहानगरपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रदेश नम्बर–२ मा कोरोना संक्रमितको केन्द्रबिन्दु बनेको छ । हिजो एकैदिन ८३ जना कोरोना भइरसका संक्रमित पत्ता लागेकामध्ये ८० जना तराईका जिल्लाका छन् । यसले तराई क्षेत्रमा त्रास बढाएको छ ।

कोरोना भाइरसको संक्रमण तिव्ररुपमा बढेसँगै सरकारले पुनः लकडाउन कडा पार्न निर्देशन दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना जोखिम कायम रहेकाले लकडाउन कडा पार्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार ११:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।