Logo

प्रमुख समाचार

दिवेश पोखरेल १८ औं अमेरिकन आइडलमा दोस्रो



नेपाली युवा गायक दिवेश पोखरेल अर्थात आर्थर गनले अमेरिकन आइडल सिजन १८ को दोस्रो उपाधि जितेका छन् । आइतबार राति(नेपाली समयअनुसार सोमबार बिहान) भएको फाइनलमा दिवेश पोखरेल १८ औं अमेरिकन आइडलमा देस्रो घोषित गरिए । यो कुनै पनि नेपालीले हलिउडमा जितेको सम्भवतः सबैभन्दा ठूलो रियालिटी शोको उपाधि हो । अमेरिकन आईडलको उपाधि जस्ट साम नामकी युवतीले जितिन् ।
अन्तिम प्रस्तुतिमा पोख्रेलले आई डन्ट वान्ट टु बी बोलको पहिलो गीत गाएका थिए । प्रस्तुतिपछि जज केटी पेरीले द बेष्ट भनी प्रतिक्रिया दिएकी थिइन् । उनको दोस्रो गीतको प्रस्तुतिमा नेपालका स्वयम्भूनाथको दृश्य देखाइएको थियो ।

गत हप्ता अमेरिकन आइडलका टप ७ प्रतिस्पर्धीको घोषणा गरिएको थियो । टप ७ मा अघिल्लो साता दिवेश पोखरेल–आर्थर गन, जस्ट साम, जोनी वेष्ट, डिलोन जेम्स, फ्रान्सिस्को मार्टिन, जुलिया गार्गानो र लुइस नाइट टप ७ मा पुगेका थिए । यी ७ जनामध्येबाट आजको एपिसोडको सुरुवातमै टप ५ को घोषणा गरिएको थियो । त्यसपछि सुरु भएको फाइनल प्रस्तुतिका आधारमा दिवेशले उपाधि जितेका हुन् ।

दिवेश पोखरेल सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका पुगेका थिए । आफ्नी दिदीसँगै अमेरिकाको क्यान्सस राज्यको विचिटा पुगेका दिवेशले संगीतलाई गम्भीरतापूर्वक लिन थालेको दुई वर्ष मात्र भयो ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार ०७:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।