Logo

प्रदेश

जसको जौ खायो उसैको जुङ्गा मोठ्दै प्रदीप यादव, मेयर सरावगीको बदनाम गर्न नसकेपछि नीद हराम



पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव र बिरगञ्ज महानगरपालिकाका मेयर बिजय सरावगी बीचको विवाद उत्कर्षमा पुगेको छ । केही दिन अगाडि सांसद यादवले “वडा सदस्य पनि जित्ने हैसियत नभएका” सरावगीलाई पार्टीले मेयर बनाएको दाबी गरेका थिए ।

त्यसको जवाफमा बिरगञ्ज महानगरपालिकाका मेयर सरावगी निकट जसपाकै एक नेताले यादवलाई सांसद बनाउँन मेयर सरावगी लागि नपरेको भए उनी नेताले “चौकिदार बन्ने हैसियतका पनि नभएको” टिप्पणी गरे । “पहिले मुसो बनेर हार गुहार गर्ने र साँसद हुना साथ बाघ बन्न खोज्ने दुस्साहस” यादवले नगरेपनि हुन्छ नाम उल्लेख नगर्ने शर्तमा ती नेताले साँसद यादवलाई चुनौती दिए ।

विपद्को यस्तो विषम परिस्थितिमा एउटा जनप्रतिनिधिले अर्को जनप्रतिनिधिसँग सहकार्य गरि जनताको समस्या समाधान तर्फ ध्यान केन्द्रीत गर्नु पर्नेमा मेयर सरावगीलाई असफल पार्ने नाममा साँसद यादवले जनताको बिस्वासमा घात गरेर आफ्नो चरित्र उदाङ्गो बनाएको आरोप समेत लगाए । मेयर सरावगीलाई आफूले जीताएको झुटो प्रचार गर्ने यादवले आफ्नी श्रीमतीलाई उपमेयरमा जीताउँन नसकेबाट नै उनको पक्षमा मत कति छ भन्ने छर्लङ रहेकोले बढी फुर्ति नलगाउँन साँसद यादवलाई ती नेताले चेतावनी दिए ।

आम नागरिक रोग, भोक र शोकमा तड्पीरहेको यो अवस्थामा सबै पार्टीको राजनीतिक विचार समेत एकै ठाउँमा बनाएर जनताको घाउमा मल्हम लगाउँनु पर्नेमा साँसद यादवले आफ्नै पार्टीका जनप्रतिनिधिको उछितो काडेर जनमतको घोर अपमान गरेको आरोप लगाए । साँसद यादवले यस्तै हर्कत जारी राखे जनताहरुबाटै दिन टाढा नरहेको टिप्पणी ती नेताको छ ।

 

 

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार ०७:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।