सप्तरीमा कोरोना भाइरसको लक्षण देखिएकी एक गर्भवती महिलाको मृत्यु भएको छ । सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ की अन्दाजी २५ वर्षीया गर्भवतीलाई सोमबार राति अत्यधिक ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या आएको थियो ।
उनको मंगलबार बिहान करिब साढे ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार महिलालाई अचानक ज्वरो आएको र श्वास लिनमा समस्या भएपछि राजविराज स्थित एक क्लिनकमा उपचारका लागि ल्याइएको थियो ।
सामान्य उपचारपछि घर फर्काइएकी उनको समस्या बढेपछि मृत्यु भएको उनले बताए । कोरोना भाइरसको लक्षण देखिएकोले महिलाका स्वाब जाँचको लागि धरान पठाइएको छ ।
आफन्तलाई पीपीई दिएर सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको निगरानीमा शवलाई जलाउने निर्णय भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरी जनाएको छ ।





















प्रतिक्रिया